नेकपा एमालेका केही फुर्सदिला कार्यकर्तालाई मदन जयन्तीमा बोलेका विषयमा अनावस्यक कुराको खेती गर्ने पनि गज्जबको अवसर मिलेको छ। यो मार्ग गलत हो।सही तरिकाले बाद, विवाद र संवाद चलाउनु सट्टा अन्टे सँटे कुरा गरेर पार्टीे भित्र थप समस्या आउन दिन हुँदैन ।बाद ,विवाद र संवादलाई पार्टीको सार्वभौम मूल सिद्धान्त भन्दा बाहिर जान दिन नदिई यस्ता बाद ,विवाद र संवाद पार्टीे हितमा हुनै पर्छ।
सानो शरीर भएको धमिराको दात पनि देखिदैन ।जीव पनि सानो तर अग्राख काठलाई धूलो बनाइदिन्छ। माकुराले हेर्दा त्यस्तो विधिको जाल बनाउन सक्छ भन्ने पनि लाग्दैन ।तर जाल बनाउँदाको इन्जिनियरिङ्ग यस्तो देखिन्छ कि कल्पना गर्नै सकिँदैन।मूल विषय के हो भने उद्देश्य हो।उद्देश्य बनाउँदा प्रमाण आबस्यक हुँदैन।
तर त्यो उद्देश्य प्राप्त गर्न आबस्यक गृह कार्यको सुरुवात हुनु र गर्नु पर्छ। लक्ष्मी प्रसाद देवकोटाले उद्देश्य के लिनु उडिछुनु चन्द्र एक भन्दा पागल भन्थे। तर उनले भनेको १४ वर्ष पछि अमेरिकामा जोन अफ केनेडी राष्ट्रपतिका उमेदवार बने। त्यही बेलामा अमेरिकाका वैज्ञानिकहरुसंग ककसमा भागलिदा भने की अबको दस वर्ष भित्र चन्द्रमामा मानिस पुग्नेछन् ।उनी राष्ट्रपति पनि बने ।राष्ट्रपति बने पश्चात नासाको गठन गरे।राष्ट्रपति बनेको नौ वर्षमा नै चन्द्रमामा मानिस पुगे ती मानिस अमेरिकी नागरिक थिए ।जाहाका मानिस चन्द्रमामा पुगे पनि आखिर पुगे।न लक्ष्मी प्रसादले उद्देश्य के लिनु उडी छुनु चन्द्र एक भन्दा प्रमाण पेस गरेका थिए न त जोन अफ केनेडीले अमेरिकी वैज्ञानिकहरू सगको ककसमा भागलिदा अबको दस वर्ष भित्र चन्द्रमामा मानिस पुग्नेछ भन्दा कुनै प्रमाण पेस गरेका थिए।
अब संदर्भ नेपालको लिउ। नेपालका कम्युनिष्ट पार्टीका तर्फबाट ५,६ जना नेपालको प्रधानमन्त्री भए ।उनीहरूको अगुवाइमा क्रान्ति वा आन्दोलन हुँदा कुन उद्देश्यका लागि गरिएको थियो भन्ने तपाईं हामी उक्त आन्दोलनमा सहभागी हुनेहरुलाई थाहा नै छ ।प्रधानमन्त्री भएपछि त्यो उद्देश्य हात पार्ने के के थालनी गरेका थिए।अहिले उनीहरु कहा छन्।उनीहरूले नेतृत्व गरेका पार्टीे र जनता बीच कस्तो सम्बन्ध छ।देशको आर्थिक, सामाजिक अवस्था, राजनीतिक ,सैछिक ,स्वास्थ्य ,यातायात ,कृषि ,औद्योगिक आदिको अवस्था कस्तो छ सबैलाई थाहा नै छ।
सत्तामा नया मानिस र नेतृत्व आउन कसैले प्रयत्न गरेको भरमा मात्रै आउने त हैनन् होला। पार्टीे विधान अनुसार नैं प्रतिस्प्रधा गर्न चाहेमा विधान अनुसार त्यस्ता कार्य गर्न पाउने खुल्ला अवस्था छदैछ।अत कुनै उद्देश्य बोकेर आउने नेता र कार्यकर्तालाई अनावस्यक छेक बार लगाउन हाम्रा बोली र व्यवहारहरू किन पक्षपाती हुनु पर्यो र? अर्थात् तपाईं हामी नबदलिय पनि समाज बदलिने नियममा कसैले रोक्न सक्दैन। यदि हामी समय अनुसार बदलिएमा हामीले भने अनुसार हुन्छ।यदि हामी बदलिएनौं र समाज विकासको नियम अनुसार समाज बदलियमा हामीले भने अनुसार हुँदैन ।यो त प्राकृतिक नियम नै हो।विषय वस्तुको केन्द्र के हो र के हुनु पर्ने हो? किन नभएको हो ?भन्ने बारेमा म भन्दा बढी बाद ,विवाद र संवाद बीचको चुरो कुरा र विषय बुझ्नु हुनेछ।बहस ,छलफल मन्तव्य राख्न सबैले पाउँछन्। सबै विषय पार्टीे महाधिवेशनले टुङ्ग्याउँछ।हामीले पार्टीे अधिवेसनले छनोट गरेको नेतृत्व मान्ने हो ।
बहुदलीय प्रतिस्पर्धा स्वीकार गरे पछि सबै मैले भनेकै हुनु पर्छ भन्ने हुँदैन। जबजमा अधिनायकबाद को सट्टा “राज्यसत्ता” भन्ने शब्दको चयन भएको छ । आम जनताको संयुक्त राज्यसत्ता निर्माण गर्ने भनेर १४ बिशेसता सहितको जबज सर्व स्वीकार्य सिद्धान्त बनेको छ। अत: खुल्ला छलफल ,बहस ,मन्तव्य आबस्यक छ।बादमा प्रतिवाद आबस्यक छ ती दुई मिलाउन संवाद आबस्यक छ ।अरू तपशील।