एनआरएनए पोर्चुगलको कोषाध्यक्षमा पोखराका सविनको उम्मेदवारी

राजु गिरी, पोखरा । 

गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको आगामी कार्यकालका लागि पोखराका सविन पौडेलले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । पोखरा महानगरपालिका–२३, हर्पन जम्मघर भएका पौडेल हाल पोर्चुगलमा रहेर नेपाली समुदायको सेवामा सक्रिय छन् ।

उम्मेदवारी घोषणा गर्दै पौडेलले एनआरएनए पोर्चुगलका सदस्यहरूसँग भोटको अपिलसमेत गरेका छन् । “म नेपाली समुदायको हित र सहभागितामूलक नेतृत्वका लागि अघि सरेको छु, म नेपाली समुदायप्रति उत्तरदायी रहनेछु” पौडेलले भने, “संस्थाको पारदर्शिता र सेवा प्रभावकारितामा मेरो योगदान रहनेछ ।”

नेपालमा रहँदा पनि सामाजिक कार्यमा सक्रिय रहँदै आएका पौडेलले बाढी–पहिरो पीडितलाई राहत वितरणदेखि सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई पोशाक र स्टेशनरी सहयोगलगायत विविध सामाजिक काम गर्दै आएका थिए ।

एनआरएनए पोर्चुगलको नयाँ नेतृत्व चयनका लागि निर्वाचन यही जुलाई ६ मा हुँदैछ । निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरूले चुनाव प्रचारलाई तीव्र बनाएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...