पोखराबाट भुटान एयरलाइन्सले चार उडान गर्ने

पोखरा, भदौ / भुटान एयरलाइन्सले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट चार्टर उडान गर्ने भएको छ । एयरलाइन्सले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न लागेको हो ।

हाल भुटानबाट त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलमा भुटान एयरलाइन्सले सातामा चार वटा उडान गर्दै आएको छ ।
पोखरादेखि भुटान र भुटानदेखि पोखराको सिधा उडानले दुवै देशको पर्यटन प्रवद्र्धन सहयोग पुग्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए ।

 

पोखरालाई अन्तर्राष्ट्रिय बजारसम्म जोड्न यसले महत्वपूर्ण योगदान गर्ने आचार्यले बताए । युनिभर्सल टुर्स एन्ड ट्राभल्स (युटिटि) ले २०२५ सेप्टेम्बर २८ अर्थात असोज १२ गतेबाट सुरु हुनेछ । त्यसपछि १६ गते, २० गते र २४ गतेको उडान पोखरा आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

 

युटिटिका अनुसार यो चार्टर उडानले नेपाल र भुटानबीचको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्नेछ । यसले पर्यटकहरुलाई दुवै देशका प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताको अनुभव गर्ने अवसर प्रदान गर्ने बताएको छ ।

युटिटिले यस विशेष चार्टर उडानको माध्यमबाट पोखरा र पारोबीच सीधा हवाई सम्पर्क स्थापना गरी दुवै क्षेत्रको पर्यटनलाई थप टेवा पु¥याउने पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले बताए । यसका युटिटिले भ्रमणका प्याकेज समेत जारी गरेको छ । १ लाख ८५ हजारको प्याकेजमा ४ रात ५ दिनको रहेको छ ।

 

यसअघि गत असार ७ असारमा चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस ३१९ जहाजले पोखरामा चार्टर उडान गरेको थियो ।

 

पोखराबाटै ल्हासामा हिमालयन एयरलाइन्सले उडान भरिरहेको छ । पछिल्लो पटक सिचुवानले पोखरा–सिचुवान–अस्ट्रेलिया उडानको पहल गरिरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...