पोखरा । लायन्स क्लब पोखरा गार्डेन सिटीले कास्कीको एक विद्यालयलाई निर्माण सामाग्री तथा स्टेसनरी सामाग्री सहयोग गरेको छ। अन्नपूर्ण ८ मा रहेको मोदी आधारभूत विद्यालयलाई क्लबले निर्माण सामग्री, खेलकुद तथा स्टेसनरी सामग्री सहयोग गरेको हो ।
कार्यक्रममा क्लबका अध्यक्ष दिनेश गुरुङ, विद्यालयका खेलकुद विभाग प्रमुख मदन केसी, समाजसेवी देवेन्द्रकुमार शेरचन, चन्द्रप्रसाद अधिकारी, कृष्ण पौडेल, हिम सिद्ध गुरुङ, बसन्त आचार्य, मुवती गुरुङ लगायतको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको हो ।
सहयोग गरिएको उक्त सामानहरू पोखरा २३ सिदाने, हाल पोखरा ६ बस्ने समाजसेवी पवित्रा गुरुङले गरेकी हुन् ।
कार्यक्रममा समाजसेवी बैकुण्ठ पौडेलले कार्यक्रमको उद्देश्य तथा आवश्यकता माथि प्रकाश पारेका थिएभने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए ।