पोखरा,१७ कात्तिक । पोखरा उद्योग वाणिज्य संघले यही आउँदो मंसिर १७ देखि २१ गतेसम्मको लागि घोषित ‘३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला–२०८२,पोखरा एवं १३ औं क्यान इन्फोटेक २०८२ को तयारी सुरु गरेको छ । आयोजना गर्ने भएको छ ।

संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक गोकर्ण कार्कीका अनुसार पोखरा ९,प्रदर्शनी केन्द्रमा मेला आयोजना गरिने छ । संघले मेलालाई विशुद्ध स्वदेशी उत्पादन तथा सेवाहरूको बजार पहिचान, प्रवद्र्धन तथा प्रचार–प्रसार,पोखराको पर्यटन र व्यापार प्रवद्र्धन, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापना,पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउने उद्देश्यमा समर्पित गरिएको अध्यक्ष कार्कीको भनाइ छ ।
अध्यक्ष कार्कीले यो पटकको मेला गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र त्यही उपक्रममा भएको ध्वंशात्मक गतिविधिले पीडित निजी क्षेत्रलाई थोरै भए पनि ढाडस दिन,उद्योग÷व्यवसायलाई पुनः लयमा फर्काउन एवं आम नगारिकको दुःख बिर्साउने उद्देश्यमा समर्पित रहेको बताए ।
‘जेन–जीको पवित्र आन्दोलनमा अवान्छित तत्वबाट निजी क्षेत्रमाथि भएको आक्रमणले खस्किएको निजी क्षेत्रको मनोवल उकास्न तथा क्षतिपूर्तिका लागि सरकारबाट भएका प्रयत्नले उत्साह जगाएको छ । नीतिगत निर्णय गर्ने काम सरकारकै हो तर हामी हात बाँधेर बस्न सक्दैनौँ,’उनले भने,‘आम नागरिकको दुःख भुलाउन,उद्योग÷व्यवसायलाई लयवद्ध तुल्याउन केही त गर्नैपर्छ । यही भावनाले अभिप्रेरित हुँदै तथा सशस्त्र द्वन्द्वकालको परिस्थिति सम्झँदै पोखरा उद्योग वाणिज्य संघले आउँदो मंसिर १७ देखि २२ गतेसम्मको लागि मेला तय गरेको हो ।
उनले यो मेला दुःख बिर्साउन, निजी क्षेत्रको एकता र शक्ति प्रदर्शन गर्न एवं ध्वंशात्मक गतिविधिलाई सदाको लागि निषेधको आह्वान गर्ने यज्ञ हुने जिकिर पनि गरे । ‘ध्वंश भएको छ तर हामी उठ्ने सामथ्र्य राख्छौँ र कर्मबाट च्यूत हुँदैनौँ भन्ने सन्देश प्रवाह गर्र्नु पनि हाम्रो यो मेलाको पुनितः उद्देश्य रहने छ,’उनले थपे ।
मेलाका प्रायोजक व्यवस्थापन उपसमिति संयोजक तथा संघका उद्योगतर्फका उपाध्यक्ष दीनेशचन्द्र बास्तोलाले मेला सफल बनाउन उद्योग÷प्रतिष्ठानहरुबाट सहयोगको प्रतिवद्धता आउन थालेको बताए । उनका अनुसार पोखरा महानगरपालिकाको संरक्षकत्वका आयोजना हुने मेलाले व्यवसाय प्रवद्र्धनको अवसरसमेत सिर्जना गर्ने भएकाले सहयोगीहरुले सहकार्यको हात अगाडि बढाएका हुन् ।
संघकी महासचिव शोभा गौतमका अनुसार ३४ औं संकरणको मेलामार्फत् उद्योग व्यवसाय क्षेत्रको समुचित विकासका साथै स्वदेशी उत्पादनहरुको निर्यात प्रवद्र्धन एवं आन्तरिक बजार सुदृढीकरण र आयात प्रतिस्थापन गरी समग्र गण्डकी प्रदेशको उद्योग व्यवसायको प्रवद्र्धन र उद्यमशिलता विकासको लक्ष्य पनि लिइएको छ । मेलालाई मनोरञ्जनात्मकभन्दा पनि उद्यमशिलता विकासको थलो बनाउनकै लागि यसपटक समयावधि घटाएर ५ दिनको बनाइएको उनको भनाइ छ ।