पोखरा, मंसिर ११ गते ।प्रस्र्याङ ठुली पोखरी आमा समुहकी पोखरा महानगरपालिका वडा नम्वर ५ को अध्यक्षमा पूर्नः पवित्रा खड्का सर्वसम्मत चयन हुनुभएको छ । हालै सम्पन्न अधिवेशनले खड्कलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।यस अघि पनि उहाँनै समुहको अध्यक्ष हुनुुहुन्थ्यो । समुहको उपाध्यक्षमा गीताकुमारी चालिसे महासचिवमा अन्जना गैरे, सचिवमा कमला लामिछाने, कोषाध्यक्षमा भेषमाया भण्डारी चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा मायादेवी लामिछाने, गीता भण्डारी, अधिकारी, सपना सुवेदी, शान्ति शर्मा,पार्वती गुरुङ, लक्ष्मी पौडेल,गीता थापा भुजेल र अर्मता शर्मा सर्वसम्मत चयन हुनुभएको छ ।

अविधेशनको पोखरा महानगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष विष्णुप्रसाद बरालले गर्नुभएको थियो ।कार्यक्रममा बोल्दै वडा अध्यक्ष बरालले प्रस्र्याङ ठुली पोखरी आमा समुहले उत्कृष्ट र सकरात्मक रुपमा सामाजिक क्षेत्रमा कार्य गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा महानगर कार्यपालिका सदस्य हरिमाया विश्वकर्मा, वडा सदस्य कल्पना भुवाँजी क्षेत्री, वडा सदस्य गोविन्द पराजुली, वडा सदस्य मणिराम बराल, विश्व हिन्दु महासंघका गण्डकी प्रदेश अध्यक्ष मुक्तिराम अधिकारी, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अञ्जु क्षेत्री, टोल विकास संस्था ख का अध्यक्ष हरिशचन्द्र अधिकारी, वडा सचिव लक्ष्मण शर्मा, सल्लाहकारहरु कृष्ण थापा,बलबहादुर पाठक, हरि भण्डारी,ढाकाराम लामिछाने, धारापापनी आमा समुहकी अध्यक्ष मिरा केसी, पोखरेली दिदिबहिनी समुहकी अध्यक्ष शारदा गिरी, वडा बाल क्लबका अध्यक्ष दीक्षित भण्डारी लगायतले बोलेका थिए । उद्घाटन कार्यक्रम प्रस्र्याङ ठुली पोखरी आमा समुहकी अध्यक्षमा पवित्रा खड्को अध्यक्षतामा भएको थियो ।