लेखनाथ महोत्सव सफल पार्न कस्सिए आमा समूह

लेखनाथ, २० मंसिर । लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सवलाई मध्यनजर गर्दै यस क्षेत्रमा रहेका संघसंस्था तथा महिला÷आमा समूहको शनिबार बसेको भेलाले महोत्सव सफल पार्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले लेखनाथ महोत्सव नेपालकै उत्कृष्ट महोत्सव भएको र महिला आमा समूहको सक्रियताका कारण लेखनाथ महोत्सवले उचाइ हासिल गरेको दावी गर्दै यसलाई आगामी दिनमा पनि जोगाएर लैजानुपर्ने वताएकी थिईन ।

उनले २९ वर्षे ईतिहासमा लेखनाथ उद्योग वाणिज्य संघले महिला नेर्तत्व प्राप्त गरेकोमा यसको श्रेय यस क्षेत्रका महिलाहरु आमाहरुलाई जाने वताएकी थिईन । उनले १६ दिने लैंगिक हिंसा विरुद्धको दिवसको सन्र्दभलाई ईगिंत गर्दै आजकल हिंसाको स्वरुप परिवर्तन भएको उल्लेख गर्दै त्यसप्रति सजग रहन र सहेन नबस्न सुझाव दिएकी थिईन । उनले महिला हिंसालाई जरैदेखी अन्त्य गर्नका लागी महिलाहरुलाई उद्यमशिलताको माध्यमबाट आत्मनिर्भर बनाउनुपर्ने वताएकी थिईन ।

कार्यक्रममा संघकी अध्यक्ष एवं महोत्सवकी मुल संयोजक जानुका पराजुलीले महोत्सवले सम्पूर्ण जातजाति, भाषाभाषी एवं समुदायका मानिसलाई एकैथलोमा जम्मा गरेर मौलिक संस्कार र संस्कृतिको जगेर्ना गर्ने काम गरेको बताइन् । उनले लेखनाथको पहिचान र यहाँ संचालन हुने जुनसुकै कार्यक्रम सफल हुनुमा यस क्षेत्रमा रहेका संघसंस्था तथा आमा समूहको सक्रिय सहभागिता र एकताबाट नै सम्भव भएको स्मरण गर्दै यसपालि पनि महोत्सव सफल हुने विश्वास व्यक्त गरेकी थिईन ।

पोखरा महानगरपालिका कार्यपालिका सदस्य निर्मला पौडेलले लेखनाथ हाम्रो पहिचान भएको र यसलाई जोगाउने एक मात्र संस्था लेखनाथ उद्योग वाणिज्य संघ र लेखनाथ महोत्सव भएको बताउँदै २१ औं संस्करणको लेखनाथ महोत्सवलाई एक मन र एकताका साथ सफल बनाउन महिला दिदीबहिनीले सहयोग पु¥याउनुपर्ने बताइन् ।

भेलाका सहभागी महिला÷आमा समूहका अध्यक्ष एवं प्रतिनिधिहरुले महिलाहरुको व्यापक सहभागीतामा आयोजना हुने झाँकी र्याली र मातृशक्तिको सम्मानमा आयोजना गरिने रत्यौली प्रतियोगिता लगायतका विषयमा आफ्ना गुनासाहरु एवंm जिज्ञासाहरु राखेका थिए भने महोत्सवलाई पुर्ण रुपमा सफल बनाउन आजैबाट तयारीमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

महोत्सवकी महिला÷आमा समूह परिचालन उपसमितिका संयोजक सन्ध्या दाहालको अध्यक्षतामा बसेको कार्यक्रमको सञ्चालन संघकी कार्यसमिति सदस्य एवं महिला विशेष कार्यक्रमकी संयोजक प्रतिक्षा रानाभाटले गरेकी थिइन् भने धन्यवाद ज्ञापन महिला उद्यमी समन्वय उप–समिति संयोजक शर्मिला श्रेष्ठले गरेकी थिइन् ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने पौष ३ गतेदेखी १४ गतेसम्म सञ्चालन हुने महोत्सवलाई गृहलक्ष्मी ग्याँस कम्पनी प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा बिएलसि गु्रप (नर्भिक हस्पिटल), पशुपति विस्कुट, हेटौडा डेरी र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक विक्रम कर्माचार्यले जानकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...