१४ औं पोखरा महोत्सव सुरु

पोखरा ।पोखरा अमरसिंह चौरमा १४ औं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । युनाईटेड क्लब पोखराको आयोजनामा सुरु भएको महोत्सवको नेपाल सरकारका महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले उद्घाटन गरिन ।

महोत्सवको उद्घाटन गर्दै मन्त्री श्रद्धा श्रेष्ठले पोखरा महोत्सवले पोखराको ब्राण्डलाई उच्च बनाएको बताइन । पोखरा महोत्सवले पोखरा आसपासको कला, संस्कृतिको प्रवद्र्धन र आर्थिक चलायमानमा समेत टेवा पु¥याउने उनको भनाइ रहेको थियो । आफुले पोखरामा अध्ययन गर्दा होस वा पोखरामा पर्यटन वोर्डको प्रमुखमा रहेर काम गर्दाको समयमा पोखरेलीहरु पर्यटन प्रवद्र्धनमा अग्रसर रहेको आफुले महशुस गरेको बताउदै मन्त्री श्रेष्ठले पोखरा महोत्सव समेत त्यसको एक उदाहरण रहेको बताइन । पोखरा महोत्सवको स्थापना कालीन समयमा समेत आफुले सहयोग गरेको मन्त्री श्रेष्ठले स्मरण गरिन ।

 

मन्त्री श्रेष्ठले आफु विशेष परिस्थितीबाट नेपाल सरकारको मन्त्री बन्न पुगेको र तोकिएकै समयमा निर्वाचन गर्न राजनैतिक दलहरु समेत तयार रहेको बताइन ।

 

सो अवसरमा वोल्दै गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले युनाईटेड क्लब पोखराले महोत्सवकै आयोजना गरि पोखरामा चिडियाखानाको अवधारणा लिएर काम गर्दै गर्दा उक्त योजनालाई हाल आएर प्रदेश सरकारले चिडियाखाना निर्माणको कामलाई अगाडी बढाइरहेको बताए । त्यसैगरी युनाईटेड क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन संगै हाल लेखनाथमा निर्माण भइरहेको छात्राबासलाई समेत प्रदश सरकारको तर्फबाट साथ र सहयोग रहने बताए ।

 

त्यस्तै गण्डकी प्रदेश सभा सदस्य भीम कार्कीले युनाईटेड क्लबले महोत्सवकै आयोजना गरि सामाजिक कामलाई निरन्तरता दिइरहेको सन्दर्भमा गण्डकी प्रदेश सरकारले समेत साथ र सहयोग गर्ने बताए ।

 

त्यस्तै गण्डकी प्रदेश सभा सदस्य बेद बहादुर गुरुङ श्यामले युनाईटेड क्लबले पोखरामा महोत्सवको आयोजना गरिर पोखरामा मात्र नभइ नेपालभर शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनको क्षेत्रमा काम गर्दै आइरहेको आफुले नजिकबाट नियाल्दै आइरहेको र आफ्नो ब्याक्तिगत र प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

 

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले युनाईटेड क्लबले महोत्सवकै आयोजना गरि सामाजिक कामलाई निरन्तरता दिएको र त्यसलाई पोखराका पत्रकारहरुले साथ र सहयोग गरिरहेको र आगामी दिनमा पनि साथ र सहयोग रहने बताउदै १४ औं संस्करणको पोखरा महोत्सवको सफलताको कामना गरे ।

 

त्यस्तै संविधान सभा सदस्य राजकाजी गुरुङले पोखरा महोत्सव आयोजक युनाईटेड क्लब पोखरा संग आफु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिएर सहकार्य गर्दै अगाडी वढिरहेको बताए । पोखरा महोत्सवको आयोजना गरि सामाजिक काम मार्फत युनाईटेड क्लबले आफुलाई अब्बल साबित गरेको गुरुङको भनाइ थियो ।

 

बन्दीपुर केबुलकारकाका उपाध्यक्ष किरण पोखरेलले पोखरा महोत्सव आयोजक युनाईटेड क्लब संग सहकार्य गर्न पाउदा खुसी लागेको बताए । आफुहरुले बन्दीपुर केबुलकारको सपना देखेर काम गर्दै जाँदा सफलता प्राप्त गरेको र युनाईटेड क्लबले समेत महोत्सवको आयोजना गरि आफुले लिएको लक्ष्य प्राप्तीतर्फ अगाडी बढेकोमा सफलताको कामना गरे ।

 

प्रध्यापक डा. कृष्ण केसीले पोखरा महोत्सवको आयोजना गरि युनाईटेड क्लबले सामाजिक गतिविधी संगै पर्यटकीय गन्तब्य निर्माण गर्ने गरी अगाडी बढ्दै आजको दिन सम्म आइपुगेको बताए । १४ औं पोखरा महोत्सव पश्चात शिक्षामा जुन लक्ष्यका साथ काम गर्ने महोत्सव आयोजकको जमर्को छ त्यसमा सम्पूर्णको साथ र सहयोग समेत रहने उनको भनाइ रहेको थियो ।

 

अमरसिंह माविका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद कोइरालाले पोखरा महोत्सव आयोजक युनाईटेड क्लबले अमरसिंह माविमा अध्ययनरत विद्यार्थीहरुको लागि पठनपाठनमा सहयोग पुग्ने गरी शैक्षिक सामाग्री प्रदान गरी सहयोग गर्दै आइरहेको बताए । युनाईटेड क्लबले १३ औं संस्करणको पोखरा महोत्सव भब्य र सभ्य रुपमा सफल गरिसकेको बताउदै १४ औं पोखरा महोत्सवको सफलताको समेत कामना गरे ।

 

पोखरा महानगरपालिका वडा नं १० का अध्यक्ष राजेश गुरुङले पोखरा महोत्सव आयोजक युनाईटेड क्लबले सामाजिक काम गर्दै आइरहेको र १४ औं संस्करणको पोखरा महोत्सव पश्चात समेत सामाजिक कामलाईनै जोड दिने भएकाले आफ्नो र वडाको तर्फबाट महोत्सवको सफलताको कामना गरे ।

 

नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पोखरालाई हेर्न र बस्न लायक शहर बनाउनका लागि युनाईटेड क्लबले प्रयत्न गरिरहेको बताए । मुल्मीले युनाईटेड क्लबले पोखरामा खुल्ला चिडियाखाना निर्माणका लागि चालेको कदम आज पनि चर्चाको शिखरमा रहेको बताउदै मुल्मीले उद्योग ब्यापारलाई समेत जोडेर महोत्सवको आयोजना गरि क्लबले आर्थिक चलायमानमा समेत टेवा पु¥याएको बताए ।

 

युनाईटेड क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले युनाईटेड क्लबले पोखरामा खुल्ला चिडियाखानाको अवधारणा ल्याई काम गरिरहदा उक्त योजना गण्डकी प्रदेश सरकारले आफ्नो गौरवको आयोजना बनाइ काम अगाडी वढिरहेको बताए । शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन संगै सेती नदी संरक्षण र विपदको कामलाई निरन्तरता संगै पोखरा २७ अर्चलेमा क्लबको आफ्नै जग्गामा छात्राबास निर्माणलाई मुख्य प्राथमिकतामा राखेर कामगर्ने उनको भनाइ रहेको थियो ।

 

सो अवसरमा सामाजिक सञ्जालको माध्यामबाट विभिन्न पर्यटकीय गन्तब्यहरुको पहिचान गराउन सफल मुना केसी मुना चिया र विश्वसाइकल यात्राको माध्यामबाट नेपाललाई विश्वमा चिनाउन सफल अजित बरलालाई सम्मान गरिएको थियो ।

 

त्यसैगरी नेपाली फिल्मका चर्चित कलाकार विपिन कार्की र बिजय बरालले आ आफ्नो प्रस्तुती संगै पोखरा महोत्सवको सफलताको कामना गरे भने पोखरा महोत्सवकै अवसरमा सञ्चालन गर्न लागिएको वी पोखरा एपको बारेमा जानकारीमुलक प्रस्तुती दिएका थिए ।

 

क्लबका अध्यक्ष तथा १४ औं पोखरा महोत्सव मुल समारोहकाका संयोजक लोक बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रमको सञ्चालन दिनेश सुनारले गरेका थिए ।

 

यसैगरी महोत्सव पूर्र्व पोखरा रंगशालाबाट आयोजना गरिएको झांकी तथा र्यालीमा ३ सय वढी संघ संस्था तथा आमा समुहले झांकी तथा र्यालीमा सहभागीता जनाएका थिए । उक्त र्यालीमा सिमल मार्ग टोल बिकास संस्था पोखरा १० प्रथम, नयाँगाउँ प्रतिभा टोल आमा समुह पोखरा १५ दोश्रो, सानीमजुवा आमा समुह पोखरा १५ तेश्रो र सुनकोशी आमा समुह पोखरा १० र नेपाल मगर संघ कदम मार्ग पोखरा १४ ले शान्तवना स्थान हाँसिल गरे ।

 

त्यस्तै झाँकी तर्फ ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्र रामबजार प्रथम, डढुवा दुर्छा लमजुङ तमु समाज पोखरा १० दोश्रोर पैकु समाज सेतीनहर मार्ग पोखरा १२ तृतीय भएभने नेपाल मगर संघ रामबजार इकाइले सान्तवना स्थान हाँसिल गरे ।

 

महोत्सवको पहिलो दिन लोकदोहोरीतर्फ सम्झना लामिछाने, कृष्ण सुवेदी, माया गुरुङ लगायतको प्रस्तुती रहेको थियोभने सांझको लाइभ ब्याण्डतर्फ अन्तरवाणी, रोहितजंग एण्ड कलेक्टीभ लगायतको प्रस्तुती रहेको थियो ।

 

महोत्सवमा बुधवार लोकदोहोरीतर्फ रबि कार्की, पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल, सबिना गुरुङ, केशब देवकोटा, टस गुरुङ, दुर्गा क्षेत्री, रमा गौतम लगायतकोे प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

 

 

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...