जुत्ता व्यवसायी संघ कास्कीको नयाँ क्यालेण्डर सार्वजनिक

पोखराका व्यवसायीहरुको गुनासो, महानगरमा कर तिर्न जाँदा सास्ती किन ? 

पोखरा/पोखरामा विभिन्न व्यवसायमा आवद्ध संस्थाका प्रतिनिधिहरूले पोखरा महानगरपालिका कार्यालयमा व्यवसायिक कर तिर्न जाँदा अनावश्यक झन्झट र सास्ती भोग्नुपरेको गुनासो गरेका छन्। शनिबार आयोजित जुत्ता व्यवसायी संघ कास्कीको टेबल क्यालेन्डर विमोचन कार्यक्रममा बोल्दै व्यवसायीहरूले अहिले ऋणधन गरेर व्यवसाय धान्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै कर तिर्न जाँदा समेत विभिन्न बहाना देखाएर समस्या सिर्जना गरिएको बताएका हुन्। उनीहरूले कर तिर्ने प्रक्रिया सहज बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। ।

बुद्ध बजार व्यवसायी एसोसियसन पोखराका अध्यक्ष बुद्धिबहादुर कुँवरले घरधनीले घरबहाल कर तिरेको प्रमाण हुँदाहुँदै पनि थप झन्झट सिर्जना गरिएको गुनासो गरे । उनले व्यवसायीलाई सहज रूपमा कर तिर्ने वातावरण मिलाउन आग्रह गरे ।यसैगरी पोखरा उद्योग वाणिज्य संघ की महासचिव शोभा गौत्तम ले उद्योग–व्यवसाय सञ्चालन गर्नेहरूलाई राष्ट्र निर्माणको मेरुदण्डको रूपमा हेर्नुपर्ने बताइन्। । राज्यको सहयोग र स्पष्ट नीतिको अभावमा व्यवसायीहरू मारमा परेको उनको भनाइ थियो। उनले सहुलियत ऋण, कर छुट तथा क्षमता विकासका कार्यक्रम ल्याउन सरकारसँग माग गरिन ।

कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं. ८ का अध्यक्ष रुद्रनाथ वरालले महानगरपालिकाले राजस्व संकलन प्रणालीलाई नयाँ प्रविधिमा लैजाने क्रममा केही समस्या देखिएको स्वीकार गरे । उनले घरधनीसँग लिखित कागजात बनाएर मात्र कर सम्बन्धी काम गर्न सुझाव दिए ।कपडा व्यवसायी एसोसियसन कास्की का अध्यक्ष लेखनाथ पौडेलले स्वदेशी उत्पादन र प्रयोगलाई प्रवद्र्धन गर्न राज्य र व्यवसायीबीच सहकार्य आवश्यक रहेको बताए ।
जुत्ता व्यवसायी एसोसियसन कास्कीका अध्यक्ष लिलाम्वर सुवेदीले सुरक्षित व्यवसायिक वातावरण निर्माणका लागि राज्य–व्यवसायीबीच सहकार्य अपरिहार्य रहेको बताए । संस्थापक अध्यक्ष पवित्रबहादुर नेपालीले व्यवसायीको लगानी सुरक्षित गर्दै विकासतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा अन्य व्यवसायी नेताहरूले पनि साझा समस्या समाधानका लागि एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा आगामी नयाँ वर्ष २०८३ का लागि टेबल क्यालेन्डर विमोचन गरिएको थियो । संस्थाका महासचिव दिपक पौडेलद्धारा संचालित कार्यक्रममा स्वागत मन्तव्य सचिव हरिप्रसाद भण्डारीले गरेका थिए । एसोसियसनमा करिब १५० सदस्य आवद्ध छन्।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...