नेपाल दशनामी समाज महिला समिति कास्कीको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सुरु

पोखरा । नेपाल दशनामी समाज महिला समिति कास्कीको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सुरु भएको छ।

अधिवेशनको उद्घाटन नेपाल दशनामी समाजका केन्द्रीय सचिव तथा प्रमुख अतिथि जगतमोहन गिरीले गर्नुभएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले समाजलाई एकताबद्ध बनाएर अघि बढाउन सक्षम र शक्तिशाली नेतृत्व चयन हुने विश्वास व्यक्त गर्दै सफल अधिवेशनको शुभकामना दिनुभयो। साथै, समाजको केन्द्रीय भवन निर्माणका लागि आवश्यक पहल र प्रयास भइरहेको जानकारी पनि दिनुभयो।

 

कार्यक्रममा केन्द्रीय सदस्य शारदा गिरी, समाजका केन्द्रीय सल्लाहकार गोपाल गिरी, कास्कीका निवर्तमान अध्यक्ष हिरा गिरी, दशनामी युवा समाजका अध्यक्ष अर्जुन गिरी, गण्डकी प्रदेश सचिव बेबराज गिरी, दशनामी महिला समिति गण्डकी प्रदेश अध्यक्ष मिना गिरी, जिल्ला उपाध्यक्ष मिरा गिरी, सल्लाहकार कपिल गिरी, जिल्ला सल्लाहकार मोना गिरी तथा सदस्य कविता गिरीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

नेपाल दशनामी समाज महिला समिति कास्कीकी अध्यक्ष सपना गिरीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको सञ्चालन सचिव प्रतिभा गिरीले गर्नुभएको थियो।

 

अधिवेशनको बन्द सत्रमा सचिव प्रतिभा गिरी र कोषाध्यक्ष सोनिया गिरीले प्रस्तुत गर्नुभएको वार्षिक तथा आर्थिक प्रतिवेदन पारित गरिएको छ। साथै, आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया पनि सुरु भएको आयोजकले जनाएको छ।

 

नेपालमा गिरी, पुरी, भारती, सागर, पर्वत, सरस्वती लगायत थरबाट परिचित दशनामी समुदाय धार्मिक, सामाजिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा सक्रिय रहँदै आएको छ। महिला समितिको अधिवेशनले समुदायभित्र महिला नेतृत्व विकास, संगठन सुदृढीकरण र सामाजिक सहभागिता विस्तारमा थप टेवा पुग्ने विश्वास गरिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...