पोखरा, चैत १३ गते । महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीको शुक्रबार पोखरामा सम्पन्न १३ औ साधारण सभा तथा ९ औ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले इन्द्रकुमारी शर्मालाई अध्यक्षमा चयन गरेको छ । सञ्जालको उपाध्यक्षमा केशु भुजेल, सचिवमा शारदा खत्री, सहसचिवमा विना पुन र कोषाध्यक्षमा भिमा पौडेल सर्वसम्मत चयन हुनुभएको छ ।
त्यस्तै सञ्जालको सदस्यहरुमा ज्ञानुसरा थापा, मिना थापा, सरस्वती कार्की, प्रमिला श्रेष्ठ, इन्दीरा तिवारी, मिना पाण्डे, मञ्जु नेपाली, नाजवुन निशाखान, शान्ति थापम मगर, पवित्रा गुरु, रविना श्रेष्ठ,क्षमता खड्का, गुना गुरु र इन्दीरा पौडेल चयन भएका छन् । यसअघि अधिवेशनको गण्डकी प्रदेशका उपसभामुख सृजना शर्माले उद्घाटन गर्नुभएको थियो ।उहाँले नेपालका संविधानले महिलाका धेरै अधिकार स्थापित गरेको बताउदै महिलाहरु जागरुक हुनुपर्नेमा जोड दिनुभयो । महिला मावन अधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष तारामाया थापा मगरको अध्यक्षतामा अधिवेशनको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।