पोखरा, चैत १८ गते ।गण्डकी प्रदेशसभाको बैठक चैत २५ गते देखि सुरु हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभा भवन नदीपुरमा बैठक बोलाउने निर्णय गरेको हो । चालु अविधेशनका लागि चार वटा विधेयक मन्त्रीपरिषद्बाट पठाइएको छ । अर्थमन्त्रालयको आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्वन्धी विधेयक, आम अञ्चार विधेयक, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्राइभेट फर्म दर्ता, नविकरण र खारेज सम्वन्धी विधेयक, मन्त्रिपरिषदबाट पास भएको छ ।
त्यस मध्ये हालसम्म एउटामात्रै विधेयक संसद सचिवालयमा दर्ता भएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक दर्ता भएको सचिवालयले जनाएको छ । छैठौ अधिवेशनसम्म संसोधन सहित ४६ वटा विधेयक सदनबाट पास भएको छ । ती मध्ये सबै विधेयक प्रमाणीकरण पनि भइसकेको छ । विशेषगरी प्रहरी विधेयक, लोकसेवा आयोग, विधेयक महत्वपूर्ण छन् । आयोग गठन भइसकेको छ । प्रहरी ऐन प्रमाणिकरण भए पनि कार्यान्वयनमा गएको छैन् ।