पत्रकार महासंघमा निमर्ला शर्मा प्यानल जिताउन पोखराबाट अभियान सुरु

पोखरा, चैत १९ गते । नेपाल पत्रकार महासंघको निर्वाचन चैत २५ गते हुदै छ । निर्वाचनमा केन्द्रमा दुई समुह प्यानल सहित चुनावी मैदानमा उत्रेका छन् ।

एमालेको केपी ओली समुह, जसपा, विप्लप निकट पत्रकाहरुको गठबन्धन र अर्को नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र र एमालेको माधव नेपाल समुहको गठबन्धन सहित चुनावी मैदानमा छन । नेपाल पत्रकार महासंघको आसन्न चुनावमा सरकारी एमाले सहित साता तीन संगठनको तर्फबाट निर्मला शर्माको नेतृत्वमा टिम बनेको छ भने अर्को समुहको अध्यक्षको नेतृत्व विपुल पोखरेले गरेका छन् ।

निर्मला शर्माले आफनो गृहजिल्ला कास्कीबाट चुनावी अभियान सुरु गर्नुभएको छ । चुनावी अभियानको सुरुआतको पोखरामा आयोजित कार्यक्रममा शर्माले आफूहरु ऐतिहासिक चुनावी अभियानमा लागिरहेको बताउनुभयो ।कार्यक्रममा वरिष्ठ उपाध्यक्ष माधव नेपाल, महासचिव बालकृष्ण बस्नेत, महिला सचिव निमा काफ्ले, मधेशी सचिवमा स्वेता सिन्हा लगायत उम्मेदवारहरुले आफनो टिमलाई जिताउन आग्रह गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...