धमाधम पीच गदै सरकार, अर्कोतिर खन्दै नागरिक

पोखरा, चैत ३१ गते ।पोखराका सडक टिकाउ र बलियो बनाउन नयाँ प्रविधिको प्रयोग गरिएको छ । मुख्य सडकमा खाल्टाखुल्टी परिरहने समस्यालाई अन्त्य गदै सडक टिकाउन बनाउन महानगरले महंगो अमेरिकी प्रविधिको अस्फाल्ट पीच गरेको छ । महानगर र गण्डकी प्रदेश सरकारको लगानीमा पोखराको ५० किलोमिटर सडक अस्फाल्ट पीच भैरहेको छ ।

नागरिकको गुनासो र सडक टिकाउन बनाउन महंगो पीच भैरहेको छ भने अर्को तर्फ पीच भएको एक महिना नवित्दै सडक खन्ने काम भएको छ । जिरोकिलो मिटरबाट लेकसाइड जाने सडक खण्डमा अस्फाल्ट पीच भएको एक महिना नवित्दै भत्काइएको छ । करिव पाँच वर्ष पोखराका सडकमा खाल्टाखुल्टी नपरोस भन्ने उद्देश्यले महानगरले महंगो पीच गरीएको छ । तर उक्त सडक कस्सले किन खन्यो थाहा छैन् । त्यहाँ पानीको गेटबल रहेको छ । खानेपानी संस्थानले सडक खनेको हुन सक्ने बताइएको छ ।

उक्त सडक खण्डमा पीच खनेपछि ‘माल पाएर चाल नपाउने’ जस्तै भएको छ ।सरकारी नियाहरुवीच समन्वयको अभावमा सडक विभागले पीच गर्ने खानेपानीले सडक खन्ने अवस्था विगतमा पनि थियो । अहिले पनि त्यस्तै देखिन्छ । नागरीकहरु सरकारसंग गुनासो मात्रै गर्छन तर आफनो कर्तब्य र जिम्मेवारी पुरा गदैन् । त्यो पीच कस्ले र किन खने? त्यहाँका नागरिकले चासो राख्नुपर्छ । भने त्यो खनेको देखिएपछि त्यही छेउमा रहेको वडा कार्यालयले पीच खन्नेहरुलाई कारबाही गनुपर्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...