पोखरा, बैशाख ५ गते ।कोरोनाको त्रास जारीनै छ । फेरी लकडाउन हुने हो कि भनेर सारा नेपालीलाई पिरालिरहेको छ । कोरोनको सबैभन्दा ठूलो असर नेपालको पर्यटन क्षेत्रमा पर्न गयो । पोखरापनि त्यसको असरबाट अछुतो रहेन । यहाँका पर्यटन व्यवसायीहरुलाई पनि यसको नकारात्क असरले ठूलो प्रभाव पा¥यो । यसको असरबाट व्यवसायीहरुलाई ताजगी दिलाउनका लागि पोखरा ध्यान योग कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा पर्यटन परिषद्को आयोजना तथा योगशालाको आयोजनामा कोभिडका कारण पर्यटन व्यवसायीमा पर्न गएको तनाव व्यवस्थापनका लागि उक्त योग शिविर आयोजना गरिएको हो ।बेगनास शिवायल योग रिसोर्टमा शनिबार आयोजित उक्त योग शिविरमा सहभागिहरुले तनावबाट मुक्त ध्यान, योग निन्द्रा, हठ योग, ध्यान तथा उत्सव गरे । योग प्रशिक्षक स्वामी ध्यान सागर ( सुनिल श्रेष्ठ)ले कार्यक्रममा सहजिकरण गरेका थिए ।
तीन घण्टाको सो कार्यक्रममा पोखरा पर्यटन परिषद्मा अवद्ध विभिन्न पर्यटन सम्बद्ध संघसंस्थाहरुका ३० सहभागिहरुले भाग लिए । सामाजिक दुरी कायम गर्दैै गरिएको सो शिविरमा सहभागिहरु यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन सकिए विभिन्न प्रकारका तनावबाट मुक्त हुन सकिने प्रतिक्रिया दिए ।
‘कोरोनाका कारण पर्यटन व्यवसायीहरुमा ठूलो असर पर्न गएको छ, यसबाट केहि भएपनि सहजता प्राप्तीका लागि यो कार्यक्रमको आयोजना गरिएको हो, यसलाई व्यवसायीहरुले सकारात्क लिएका छन । आगामी दिनहरुमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन्’–पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । पर्यटन यातायात व्यवसायी संघका अध्यक्ष बबरजंग गुरुङ्गले कार्यक्रको संयोजन गरेका थिए ।