कास्कीमा आजदेखि एक साता निषेधाज्ञा, के खुल्छ के खुल्दैन्

पोखरा, बैशाख १५ गते । कास्कीमा आजदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । आज विहानैदेखि निषेधाज्ञा कार्यान्वयनमा आएको छ । कोरोना भाइरसको दोश्रो लहर तीव्र रुपमा फैलिएपछि प्रभावित जिल्लामा सरकारले निषेधाज्ञा जारी गर्न सक्ने निर्णय गर्ेको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीले आज बुधबारदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेको हो ।

अत्यावश्यक सेवा बाहेक जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारीमा जोडबिजोर लागू गरिएको छ । जोर गते जोर नम्बर र विजोर गते बिजोर नम्बरको सजारी चलाउनुपर्नेछ ।

सिनेमा हल, पार्टी प्यालेस, क्लब, फुटसल, खेलकुद स्थान, ब्युटीपार्लर, सैलुन, फुटटपाथ पसल सेवा तथा स्थानहरु बन्द हुनेछन । विवाह, ब्रतबन्ध एवं अन्य संस्कारजन्य कार्य पार्टी प्यालेस वा होटलमा गर्न पाइने छैन भने घरमा गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने छ र १५ भन्दा बढी सहभागी हुन पाइने छेन ।

दैनिक उपभोग्य खाद्यान्न र निर्माण सामाग्रीका पसलहरु विहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म खोल्न पाइनेछ । अरु पसल, डिपार्टमेन्ट स्टोर सपिङ मल बन्द हुनेछन ।

बैंक तथा वित्तिय संस्था न्यूनतम कर्मचारी राखेर सञ्चालन गर्नुपर्नेछ भने होटल तथा रेष्टुराँले विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म टेक अवे सेवा दिन सक्नेछन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...