आजदेखि पोखरा महानगरका  अत्यावश्यक बाहेकका सेवा बन्द 

पोखरा, बैशाख १५ गते ।पोखरा महानगरपालिकाले आजदेखि एकतासाका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । विश्वब्यापी  महामारीको रुपमा फैलिएको नयाँ भरियन्ट सहितको कोरोना भाइरसको संक्रमण तिव्र रुपमा फैलिरहेको अवस्थालाई मध्यनजर गदै अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जनाएको छ ।

पोखरा महानगरपालिका कोरोना भाइरस संक्रमण रोकथाम मुल समितिको मंगलबार बसेको बैठकले  आजदेखि पोखरा महानगरका अत्यावश्यक सेवा बन्द गर्ने निर्णय गरेको हो । पोखरा महानगरका प्रमुख मानबहादुद्धारा जारी विज्ञप्तिमा भनिएको छ, कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र कास्की र पोखरा महानगरपालिका कोरोना संक्रमण रोकथाम मुल समितिको मंगलबारको निर्णय अनसार यस कार्यालयबाट बैशाख १५ गतेबाट २१ गतेसम्म स्वास्थ्य, सरसफाई र अन्य अत्यावश्यक सेवा मात्र प्रवाह गर्ने भएको छ ।

 

महानगरले अत्यावश्यक सेवा प्रवाह गरिने भएकाले महानगरपालिका अन्र्तगतका महाशाखा,शाखा, प्रमुख र वडा सचिवहरु अनिवार्य कार्यालयमा उपस्थित हुने र मातहतका कर्मचारीहरु महाशाखा प्रमुख, शाखा प्रमुख र वडा सचिवको निरन्तर सम्पर्कमा रही आवश्यक परेको खण्डमा कार्यालयमा उपस्थित हुन निर्देशन गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...