पोखरा, बैशाख २१ गते ।गण्डकीमा मंगलबार २९१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पोखराका विभिन्न अस्पतालमा गरिएको स्वाब परिक्षणमा २९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

निर्देशनालयले जारी छ वटा विज्ञप्ति अनुसार थपिएका मध्य १८० जना पोखरा महानगरपालिकाका रहेका छन् । त्यस्तै ५१ जना नवपलपरासीपूर्वका रहेका छन् । बाग्लुङका ३२ जना,तनहुँका ११ जना, स्याङजाका ४ जना,मुस्ताङका ४ जना, बाग्लुङ र लमजुङका ८ जनामा संक्रमण पुष्टि भएको छ ।