पोखरा, बैशाख २१ गते। कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा थप दुई जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका र कुश्मा नगरपालिकाका एक÷एक जनाको मृत्यु भएको हो ।पोखरा महाaनगरपालिकका वडा नम्वर २९ का ४७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतकमा बैशाख १८ गते कोेरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै पर्वतको कुश्मा नगरपालिकाका ८४ वर्षीय पुरुषको पर्वत जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मृतक पुरुषमा १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।यस अघि आजै म्याग्दीका पुरुषको पोखराको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । म्याग्दीको मंगला गाउँपालिका वडा नं ६ का ७६ वर्षका एक पुरुषको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
मृतक पुरुषमा यही वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या हालसम्म २३५ जनाको पुगेको छ ।