नवनियूक्त गण्डकी प्रदेश प्रमुख पौडेलद्धारा पदभार ग्रहण

पोखरा, बैशाख २२ गते ।नवनियुक्त गण्डकी प्रदेशा प्रमुख सीता कुमारी पौडेलले बुधबार पदभार ग्रहण गनुभएको छ । सोमबार नेपाल सरकारले अमिक शेरचनलाई हटाएर पौडेललाई नियुक्त गरेको थियो । पौडेलले सोमबार साँझै राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिनुभएको थियो ।


उहाँ मगंलबार साँझ पोखरा आउनु भएकी प्रमुख पौडेलले आज एघार बजे सहिदचोकस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । उहाँलाई नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

पदभार ग्रहणपछि प्रदेश प्रमुख पौडेलले संक्षिप्त प्रतिक्रिया दिदै गण्डकी प्रदेश सभाको गतिरोध अन्त्य गर्न समन्वयकारी भूमिका खेल्ने बताउनुुभयो । संविधानको परिधिभित्र बसेर प्रदेशमा समन्वय गर्ने मेरो मुख्य जिम्मेवारी हुन्छ उहाँले भन्नुभयो, प्रदेश सभामा अहिले गतिरोध छ । यसमा म समन्वय गर्नेछु । ‘सबै दलहरुलाई मिलाएर लैजाने र अवरुद्ध संसदलाई निकास दिन मेरो पहल र भुमिकाक हुन्छ ।’

उहाँलाई गण्डकी प्रदेशका आर्थिक मार्मिला तथा योजनामन्त्री किरण गुरुङले स्वागत गर्नुभएको थियो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...