गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण

पोखरा, बैशाख २२ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई कोरोना संक्रमण पुष्टी भएको छ। कोरोना संक्रमणको आशंका भएपछि मंगलबार उहाँले स्वाब परिक्षणका लागि दिनुभएको थियो । पोखराको क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा परीक्षण गर्दा मुख्यमन्त्री गुरूङको रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाले जनाएको छ।

यसअघि उहाँको एन्टिजेन परीक्षण गर्दा पनि रिपोर्ट पोजेटिभ नै आएको थियो । उहाँलाई कोरोना पुष्टी भए लगत्तै गण्डकी प्रदेशका सभामुख र संसदीय दलका नेताहरु कन्ट्याक्ट टेसिङमा पर्नुभएको छ । प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले मंगलबार बोलाएको संसदीय दलको बैठकमा मुख्यमन्त्री गुरूङ सहभागी हुुनुभएको थियो ।

कोरोना संक्रमण हुनुभएका मुख्यमन्त्री गुरूङ होम आइसोलेसन बस्नुभएको छ । उहाँलाई हालसम्म कोरोनाको कुनै लक्षण नदेखिएको बताइएको छ । उहाँको सिटी भ्यालु १७, १८, १८ रहेको छ।

 

मुख्यमन्त्री गुरूङका प्रेस संयोजक विक्रम न्यौपाने पनि कोरोना संक्रमित भएर अहिले होम आइसोलेसनमा हुनुहुन्छ । उहाँलाई ६ दिनअघि नै कोरोना संक्रमण पुष्टी भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...