पोखरा महानगरमा आइतबार थपिए ४०९ नयाँ संक्रमित

पोखरा, बैशाख २६ गते । गण्डकी प्रदेशमा आइतबार दिउसो तीन बजेसम्म ५६३ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय जारी गरेको पछिल्लो विवरण अनुसार गण्डकीमा नयाँ ५६३ मा कोरोना संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका ४०९ जना रहेका छन् ।त्यस्तै गोरखाका ६०, तनहुँका ८१ ,बाग्लुङका २१, स्याङजाका २६, लमजुङ ९, पर्वत ७, मुस्ताङ १,नवलपरासी पूर्व १ र म्याग्दीका २ गरी नयाँ ३७९ जना संक्रमित थपिएका हुन् । अहिलेसम्म गण्डकीमा संक्रमितको सख्या २३१४५ पुगेको छ ।

यसैवीच गण्डकी प्रदेशमा अहिलेसम्मकै धेरै १२ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६३ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...