पोखरा,बैशाख २७ गते । गण्डकी प्रदेशमा कोरोना संक्रमित थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनलाय गण्डकीले सोमबार विज्ञप्ति जारी गदै म्याग्दी र पर्वतका दुई कोरोना संक्रमितको मृत्यु भएको जनाएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका ७२ वषीय कोरोना संक्रमित पुरुषको आइतबार तीन बजे मृत्यु भएको हो ।

बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उहाँमा आइतबारै कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै पर्वतको कुश्मा नगरपालिका–४ का ६७ वषीय संक्रमितको आज विहान ७ः१० बजे मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो। उहाँमा बैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६५ पुगेको छ ।