गण्डकीमा बहुमतको सरकार बनाउने समयसिमा आज सकिदै

पोखरा, बैशाख २९ गते । गण्डकी प्रदेशमा नयाँ सरकार निर्माणको तीन दिने समयसिमा आज सकिदैछ । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बैशाख २६ गते राजीनामा दिएपछि प्रेदश प्रमुख सीता कुमारी पौडडेलले राजीनामा स्वीकृत गदै नयाँ सरकार निर्माणका लागि तीन दिनको समयसिमा तोकेकी थिइन् । काँग्रेस, माओबादी र जसपा गठबन्धनले सरकार निर्माणको प्रयास गरेपनि असफल भएको छ ।

गण्डकी प्रदेशसभामा निर्णायक बनेको राष्टिय जनमोर्चाका सांसद कृष्ण थापाले हस्ताक्षर गर्न नमानेपछि बहुमतको नयाँ सरकार बन्ने अवस्था क्षीण बनेको छ । बहुमत पु¥याउन काँग्रेस गठबन्धन असफल भए पूर्न पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री बन्ने छन् । संसदमा रहेको सबैभन्दा ठूलो दलको हैसियतले गुरुङ मुख्यमन्त्री हुने छन् ।

 

आज साँझसम्म बहुमत पु¥याउन काँग्रेस, माओबादी र जसपा असमर्थ भए विहिबार साँझसम्म फेरी एमाले नेतृत्वमा प्रदेश सरकार बन्ने छ । जनमोर्चाका सासद कृष्ण थापाले हस्ताक्षर नगर्ने पक्का भएको छ । उनले पार्टी कारबाही भोग्न तयार तर काँग्रेस नेतृत्वको सरकार बनाउने पक्षमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । यसले गर्दा काँग्रेस नेतृत्वमा सरकार बन्न कठिन छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...