पोखरा, जेठ २ गते । पोखरा महानगरपालिकामा अक्सिजन प्लान्ट स्थापनाका लागि जग्गाको खोजी गरिएको छ । पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले कास्कीका प्रमुख जिल्ला अधिकारीलाई जग्गाको प्लान्ट स्थापनाका लागि जग्गाको खोजी गर्न आग्रह गर्नुभयो । अधिकारीको फोनपछि कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले पोखरा महानगरपालिका प्रमुखलाई जग्गा खोजीका लागि आग्रह गर्नुभयो ।

प्लान्ट राख्नका लागि पोखरामा जग्गाको कुनै अभाव नहुने भन्दै आइतबार महानगर प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख जिल्ला अधिकारीले प्लान्ट राख्नका लागि जग्गा खोज्न निस्किनुभयो । उहाँहरुले पोखराका दुई ठाँउा जग्गा हेर्नुभएको छ । पोखरा महानगर प्रमुख जिसीले पोखरा १२ माटेपानी र पोखरा १४ को भेडीफार्मको जग्गा देखाउनुभयो । पोखरा १२ को वडा कार्यायल नजिकै रहेको खानी तथा भुर्गभ विभागको जग्गा र १४ नम्वर वडाको पशु प्रजनन कार्यालय भेडीफार्मको जग्गा हेर्नुभयो । ती दुबै ठाँउका जग्गा उपयुक्त रहेको निष्कर्ष निकालिएको छ । संघीय सरकार स्वास्थ्य मन्त्रालयले लिक्यूड अक्सिजन प्लान्ट उपलब्ध गराउने भएको छ ।

अक्सिजन प्लान्ट संघ सरकारले स्थापना गर्ने हो पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले भन्नुभयो,‘हामीले जग्गा मात्रै उपलब्ध गराउने हो ।त्यसका लागि हामीले आज जग्गा हेरेका छौ ।’ प्लान्ट राख्न कति क्षेत्रफल र कस्तो प्रकृतिको जग्गा चाहिने हो भन्ने बारे एकिन भएको छैन तर पोखरामा जग्गाको अभाव हुदैन् उहाँले भन्नुभयो । लिक्यूड अस्सिजन ग्याँसको ट्यांकी निर्माण गर्नुपर्ने भन्ने आएको छ, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले भन्नुभयो, ‘यो बारेमा प्राविधिकहरुसंग छलफल भैरहेको छ । त्यसैले जग्गा खोजी गरेका छौ ।’।कोरोना भाइरस संक्रमणको दोश्रो लहर फैलिएसंगै पोखरा महानगर र जिल्लास्थित डिसिएमसीले नियन्त्रण रोकथामका लागि जुटि रहेका छन् ।