पोखरा, जेठ ४ गते ।गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनीक गरेको पछिल्लो २४ घण्टाको विवरण अनुसार मंगलबार १४ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा बागलुंगका ४,कास्कीका ३, नवपलपरासी पूर्वका २, तनहुँका २, मुस्तांगका २, पर्वतका १, स्यांजाका १ जनाको मृत्यु भएको छ ।

त्यस्तै गण्डकी प्रदेशमा ९५९ नयाँ संक्रमित थपिएका छन् । थपिएका मध्य सबैभन्दा धेरै कास्कीका ४१७ जना रहेका छन् । त्यस्तै बागलुंगका १२३,तनहुँका ११२,स्यांजाका ८६,नवलपरासी पूर्व ७६,पर्वत ७४,गोरखाका ३५, म्याग्दीका २७ र लम्जुंगका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।