पोखरा, जेठ ६ गते । गण्डकी प्रदेशका ननिवयूक्त मन्त्री विकास लम्सालाले पदभार ग्रहण गर्नुभएको छ । बुधबार विना विभागीय मन्त्रीका रुपमा सफल लिनु भएको थियो । सपथ ग्रहणपछि मन्त्रालय नपाउदाँ मन्त्रीक्वाटरमा पुगेका मन्त्री लम्सालले हिजै साँझ मन्त्रालयको टुंगो लागेको थियो । उहाँले पुरानै मन्त्रालय पर्यटन, उद्योग,वाणिज्य तथा वाणिज्य आपूर्ती, वन,वातावरण तथा भु संक्षण मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।

आज उहाँले मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । पदबहाली गर्दै उहाँले प्रकृतिमा आधारित समाधान मार्फत बर्षाको पानीलाई सञ्चय गरी ग्राउण्ड रिचार्ज बढाउन, जीविकोपार्जनमा सहयोग पुर्याउने, वन डढेलो नियन्त्रण गर्न, पानीको अभावमा हुने मानव,वन्यजन्तु द्वन्दलाई न्यूनीकरण गर्न, भू संरक्षण मार्फत जमीनको उत्पादन र उत्पादकत्व बढाउन तथा नेपाली समाजलाई जलवायु अनुकुलित बनाउनका लागि गण्डकी प्रदेशमा “एक सामुदायिक वन एक पोखरी”, “एक वडा एक वनवाटिका” र “एक स्थानीय त एक हरित उद्यान” निर्माणलाई अभियानको रुपमा लैजाने फाइल सदर गर्नुभएको छ ।