डिपिआर तयार नहुदाँ महानगरको भवन शिलान्यास  स्थगित 

पोखरा, जेठ १३ गते ।पोखरा महानगरपालिकाको प्रशासकीय भवनको शिलान्यास कार्यक्रम हाललाई स्थगित गरिएको छ । महानगरले  यहि जेठ १४ गते नयाँ भनवको शिलान्यास गर्ने तयारी गरेको थियो । भवनको डिटेल प्रोजेक्ट  रिपोर्ट( डिपिआर)  पूर्णरुपमा तयार नभएका कारण महानगरको मुख्य कार्यालय शिलान्यासको कार्यक्रम पछाडी सारिएको छ ।

पोखरा १२ माटेपानीमा रहेको पशु कार्यालयको जग्गामा भवन बनाउने तयारी महानगरले गरेको । शिलान्यासको तयारी भएको थियो तर डिटेल प्रोजक्ट रिपोर्ट तयार हुन  नसकेका कारण निर्धारित मितिको शिलान्यास कार्यक्रम हाललाई स्थगित भएको छ । डिपिआर तयार भएपछि उपयूक्त समयमा शिलान्यास गरिने महानगरले जनाएको छ ।

चार वर्ष अगाडी कार्यपालिका बैठकले गरेको निर्णय कार्यान्वयन हुन लागेको हो । पोखरा महानगरमा निवार्चित जनप्रतिनिधिको पहिलो निर्णय आफनै सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण गर्नु थियो । तर जग्गा प्राप्तिको लफडाले भवन निर्माणको कार्य आफनो कार्यकालको अन्तिममा कार्यान्वयन गर्ने चरणमा पुर्याएका छन् । जग्गा टुंग्याउन तीन वर्ष आठ महिना लागेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...