पोखरा, जेठ १३ गते । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको ह्वत्तै बढेको छ । बुधबार १७ जनाको मृत्यु भएको छ । बुधबार घटेको मृत्युको संख्या विहिबार बृद्धि भएको हो । केही महिना यता बढेको मृत्यु ह्वात्तै घटेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनीक गरेको पछिल्लो विवरण अनुसार विभिन्न अस्पताल र होम आइसोलेसनमा गरी उपचाररत १७ जनाको मृत्यु भएको हो । गण्डकी ११ जिल्ला मध्य कास्कीका सबैभन्दा धेरै ६ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै स्यांजाका ४ जना, नवलपरासीका ३ जना, पर्वतका २ जना, म्याग्दीका १ जना र तनहुँका एक जनाको मृत्यु भएको छ ।

यस्तै गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन । गण्डकीमा अहिलेसम्मकै उच्च १७३३ नयाँ संक्रमित थपिएका छन । थपिका मध्य महिला ७७३ र ९६० जना पुरुष संक्रमित भएका छन् ।

सबैभन्दा धेरै कास्कीमा ४४५ जना, बागलुंका ४१६ जना, तनहुँका १७० जना, म्याग्दीका ९३ जना, गोरखाका २१९ जना, लमजुंका ६५ जना, स्यांजाका ९५ जना,नवलपरासीमा १११ जना, पर्वतका ११९ जना कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा एकै दिन ११८८ जना, कोरोना सक्रमणमुक्त भएका छन् । केही दिनयता गण्डकीमा कोरोना संक्रमण मुक्त हुनेको संख्या बढेको छ । एकैदिन संक्रमणमुक्त भएको यो अहिलेसम्मकै धेरै हो । गण्डकीमा ३९६८७ जना संक्रमित भएका छन भने ती मध्य २७८२६ जना कोरोना मुक्त भएका छन् । गण्डकीमा संक्रिय संक्रमितको संख्या ११२६७ रहेको छ भने ती मध्य १०५७४ होमआइसोलेसनमा छन् । कोरोनाले गण्डकीमा अहिलेसम्म ५९४ जनाको मृत्यु भएको छ ।