पोखरा, जेठ १३ गते । कास्की फेरी एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । कास्की जिल्लामा जेठ ७ गते राति १२ बजेदेखि लागू हुनेगरी जेठ १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको थियो । गत बैशाख १५ गतेबाट लागु भएको निषेधाज्ञा थपिएको यो चौथो पटक हो । १५ गतेबाट २१ गतेसम्म र २१ गतेबाट ३१ गतेसम्म दोश्रो पटक थपिएको थियो । जेठ १ देखि लागु हुने गरी ७ गतेसम्म तेश्रो पटक निषेधाज्ञा थपिएको थियो भने जेठ ७ देखि १४ गते रातीसम्म चौथो पटक थपिएको थियो । कास्की प्रशासनले नयाँ भेरियन्ट सहितको कोभिड १९ तीव्र रुपले फैलिएकोले स्थिति भयावह हुन् नदिन भन्दै यस अघि लागु गरेको निषेधाज्ञालाई थप एक साताका लागी निरन्तरता दिएको हो ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्रको विहिबार बसेको बैठकले एक साता थप्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार निषेधाज्ञामा यस अघि जस्तै अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान ९ बजेसम्म खुला रहने भएको छ । उक्त समयमा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स ९खाद्य सामग्री मात्र विक्री गर्न० खुला हुने छन भने खाद्यान्न, तरकारी, पानी, फलफूल, दुध जस्ता देनिक उपभोग्य वस्तु नजिकको पसलबाट मात्र खरिद गर्ने तर सोको लागि सवारीसाधन प्रयोग गर्न पाइने छैन । फलफूल तथा तरकारीको थोक बिक्रेताले खुद्रा बिक्री वितरण गर्न पाउने छैनन् । ताजा दुध बेलुका ५ देखि ७ बजेसम्म नजिकको चिस्यान केन्द्र एवं संकलन केन्द्रमा पु¥याउन एवं बिक्री वितरण गर्न पाइनेछ ।
सर्बसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् । सार्वजनिक एवम् निजी सवारी साधन जेठ ७ गते राति १२ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा ९बढीमा २ जना० बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ ।


विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा दश जनाभन्दा बढी उपस्थित हुन नपाइने तथा सवारीसाधानमा ५ जना मात्र सवार हुन र एकमात्र सवारी प्रयोग गर्न आदेशमा भनिएको छ ।