अनेमसंघ कास्कीले बुझायो ज्ञापनपत्र, राष्ट्रपति विरुद्ध अर्मादित गतिविधिमा सलग्नलाई कारबाही गर्न माग

पोखरा, जेठ १६ गते । अखिल नेपाल महिला संघ कास्कीले राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध अर्मादित टिकाटिप्पणीप्रति असन्तुष्टि जनाउदै कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढकाललाई अनेमसंघ कास्की इन्चार्ज मञ्जुदेवी गुरुङ, अनेम संघ कास्कीका संयोजक शुशिला पराजुली, अने संघ सदस्यद्धय राधिका शाही योगी र सन्तु सुवेदी सहितको टोलीले ज्ञापनपत्र बुझाउनु भएको हो ।

संविधानको संरक्षकको हैसियतले राष्ट्रपतिबाट संविधान प्रदत्त दायित्व निर्वाहगर्दाका विषयहरु माथि प्रश्न उठाउदै गरिएका अमर्यादित टिप्पणीहरु खेदजनक रहेको बताउदै संघले राष्ट्रपति जस्तो गरिमामय संस्था प्रति गरिएका अमर्यादित टिका टिप्पणी तथा गतिविधिहरुलाई तत्काल रोक्न र यस्ता अबाञ्छित गतिविधिमा संलग्न ब्यक्तिरुलाई कानूनी दायरामा ल्याई यथाशिघ्र कार्बाही गर्न नेपाल सरकार लगायत स्थानीय प्रशासनसंग माग गरिएको छ ।

ज्ञापनपत्रमा केही राजनीतिक दल, सञ्चार माध्यम लगायत सामाजिक सञ्जालमा विभिन्न किसिमका गाली गलौज, अपमानित र अमर्यादित टिप्पणीहरु गर्ने तथा विभिन्न लाञ्छना लगाई ब्यक्तिगत चरित्र हत्या गर्ने कार्यप्रति अखिल नेपाल महिला संघले घोर निन्दा र आपत्ति जनाउदै खेद समेत ब्यक्त गरेको छ ।

संघले महिला अधिकार प्राप्तीका लागि आफ्नो जीवनको महत्वपूर्ण समय राजनीतिक आन्दोलनमा होमेर महिलाका अधिकार स्थापित गर्न अग्रणी भुमिका निर्वाह गरी सामान्य नागरिकबाट पहिलो महिला राष्ट्रप्रमुखको रुपमा निर्वाचित राष्ट्रपति भण्डारीलाई राजनीतिक पूवाग्रहका आधारमा विभिन्न लाञ्छना लगाउने,अमर्यादित र अपमानजनक शब्दहरुको प्रयोग गर्ने कार्य भइरहेको विषयप्रति अखिल नेपाल महिला संघ कास्कीको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । ज्ञापनपत्र बुझदै सहायक प्रमुख जिल्ला अधिकारी ढकालले सम्मानित संस्थाप्रति भएका गलत कार्यहरुको नियन्त्रणमा लाग्ने बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...