पोखरा, जेठ १७ गते । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १७ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरण अनुसार विभिन्न अस्पताल र होमआइसोलेनमा उपचाररत १७ संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कास्कीका ४ जना, तनहुँका ४ जना, नवलपुरका ३ जना,स्यांजाका २ जना र बागंलका २ जना, लमजुंगका एक र म्याग्दीका एक जनाको मृत्यु भएको छ ।

यसैवीच सोमबार प्रदेशमा सोमबार ८४२ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ९५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । गण्डकी प्रदेशमा कूल संक्रमितको संख्या ४२ हजार ५२४ पुगेको छ । मृतकको संख्या ६७८ पुगेको छ ।