काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा किरण पौडेल चयन भएका छन् ।युवा संघको सोमबार बसेको सचिवालयको भर्चुअल बैठकले पौडेललाई अध्यक्ष चयन गरेको हो

नेकपा विभाजनपछि अध्यक्ष भएका वचनबहादुर सिंह आइतबारदेखि ४१ वर्ष उमेर पुगेकाले उनकै प्रस्तावमा पौडेललाई अध्यक्ष बनाइएको हो । पौडेल यसअघि युवा संघको सहअध्यक्ष थिए ।
युवा संघको राष्ट्रिय सम्मेलन गरेर विधान संशोधन नहुन्जेल अब पौडेल नै अध्यक्ष रहने छन् भने नाम पनि राष्ट्रिय युवासंघ नै रहनेछ ।एमाले-माओवादी एकतापछि वाइसिएल र युवा संघ नेपालको एकीकरण भएर राष्ट्रिय युवा संघ बनेको थियो ।युवा संघको बैठकलाई एमाले अध्यक्ष केपी शर्मा ओली, युवा संघ इन्चार्ज महेश बस्नेत लगायतले सम्बोधन गरेका थिए ।