शव व्यवस्थापन स्थलको अनुगमन, फोहोर व्यवस्थापनको काम सुरु

पोखरा, जेठ १८ गते ।कोरोना संक्रमितको शव व्यवस्थापन स्थल वरिपरि फोहोर बढेको गुनासो आएपछि पोखरा महानगरपालिकाले चासो देखाएको छ । स्थानीय बासिन्दाको गुनासोलाई गम्भिरता पूर्वक लिदै मंगलबार पोखरा महानगरका प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत महेश बराल र सरसफाई शाखाका कर्मचारी सहित शव ब्यवस्थापन स्थलको अनुगमन गर्नुभएको छ ।

अनुगमनका क्रममा शव गाडर्ने क्षेत्रमा भन्दा पनि नदी किनारमा फोहोर बढेको देखियो महानगर प्रमुख जिसीले भन्नुभयो, ‘त्यसको व्यवस्थापनका लागि काम सुरु भएको छ ।’ उहाँले फोहोरलाई एकै ठाँउमा संकलन गरेर व्यवस्थान गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

कुनै अप्ठयारो र समस्या भए जानकारी गराउनु हामी सम्वोधन गर्न गछौँ तर फोहोर थुप्रने अवस्था नओस प्रमुख जिसीले भन्नुभयो । महानगरले शव गार्डने क्षेत्रमा तारबार लगाए घेरेको छ । उक्त ठाँउमा नेपाली सेना र आफन्त बाहेक जान पाउदैनन् ।


अनुगमनपछि शव व्यवस्थापन क्षेत्र वरिपरिको फोहोर सफा गर्ने कार्य सुरु गरिएको छ । शवको व्यवस्थापन नेपाली सेनाले गदै आएको छ । शव उक्त स्थानसम्म सेनाले लैजान्छ पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले भन्नुभयो,‘तर मलामीका रुपमा यहाँ आउने आफन्तहरुले लगाएका माक्स, पञ्जा र पानी खाएका बोत्तलहरु जथाभावी फालेका कारण नदी किनारमा फोहोर बढेको रहेछ । हामीले अनुगमन गरेपछि त्यसको व्यवस्थापन गर्न निर्देशन दिएका छौ । विहिबारसम्म सफा हुन्छ ।’ उहाँले त्यहाँ जाने ब्यक्तिहरुले पनि आफुहरुले प्रयोग गरेका मास्क, पञ्जा र पानीका बोत्तल जथाभावी नफालि एकै ठाँउमा राख्दिन आग्रह गर्नुभएको छ ।

पोखरा महानगरपालिका–३२ तल्लो गगनगौंडास्थित सेतीघाटमा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन हुदै आएको छ । कोरोना संक्रमितको शव नेपाली सेनाले पु¥याउने र आफन्तको आग्रह अनुसार शव जलाउने वा गार्डेन व्यवस्था मिलाइएको छ । शव व्यवस्थापन स्थल बस्ति भन्दा धेरै टाढा रहेको छ । शव गाड्नको लागि एउटा डोजर र २ वटा टिपरको व्यवस्था महानगरले गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...