अमेरिकी सरकारले नेपाललाई ५० लाख कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउने

२० जेठ, काठमाडाैँ । अमेरिकी सरकारले नेपाललाई ५० लाख कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराइदिन अमेरिकी राष्ट्रपति जो बाइडेनलाइ पत्राचार गर्नुभएको थियो ।

नेसनल सेक्यूरिटी काउन्सिलले नेपालको लागि कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउने विषयमा आज एलोकेसन गर्ने सूचना अमेरिकास्थित नेपाली दुतावासलाई दिएको छ । अमेरिका रहेको नेपाली दुतावासका अनुसार नेपालले ५० लाख कोरोनाविरुद्धको भ्याक्सिन पाउने पक्का भएको छ ।

राष्ट्रपति भण्डारीले अमेरिकी सरकारलाई पत्र लेखेर कोरोना भ्याक्सिनका लागि गरिएको अनुरोधपछि अमेरिकास्थित नेपाली दुतावासले कुटनीतिक पहल शुरु गरेको थियो । अमेरिकाबाट नेपाल सरकारले ५० लाख डोज खरिद गर्न प्रस्ताव गरेको र थप अनुदानका लागि पनि पहल भैरहेको दुतावासले जनाएको छ ।

राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालले पनि ५० लाख खोप दिन अमेरिका तयार रहेको जानकारी ट्ववीटर मार्फत दिनुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...