मिक्चर दुर्घटना हुदाँ एक जनाको मृत्यु, एक घाइते

पोखरा, जेठ २५ गते । पोखरामा मंगलबार मिक्चर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मिक्सचर दुर्घटनामा सहचालक पोखरा–१४ निवासी २९ वर्षीय अनिरोध थापाको उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभएको ।

विहान अन्दाजी १०ः०० बजेको समयमा पोखरा महानगरपालिका–१८ मेथलाङमा सराङकोटबाट पोखरा तर्फ आउँदै गरेको ग १ क ३१८७ नम्वरको मिक्सचर आफै अनियन्त्रित भई सडकको बाँया तर्फ नालीमा पल्टिएको थियो ।

घटनामा चालक काठमाडौँ कोटेश्वर घर भई हाल पोखरा महानगरपालिका–५ मालेपाटन बस्ने ३५ वर्षीय राजन ठकुरी घाइते भएको र हाल उपचार भइरहेको प्रहरी उपरीक्षक सिलवालले जानकारी दिनुभयो ।दुर्घटना लगत्तै घाइतेलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...