निर्माणको अन्तिम चरणमा पहिलो आकाशे पुल

पोखरा, जेठ २८ गते । पोखराको सृजनाचोकमा निर्माणाधिन आकाशे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पोखराका ब्यस्त चोकहरु मध्येको एक पोखरा महानगरपालिका वडा नम्बर ८ स्थित सृजनाचोकमा आकाशे पुल निर्माण भैरहेको छ ।

मुख्यचोकमाहरुमा बढदो ट्राफिक जामलाई घटाउने उद्धेश्यले पोखरा महानगरपालिकाको २ करोड ३० लाख ११ हजारको लागतमा आकाशे पुल निर्माण भैरहेको छ । महानगरपालिकाको २ करोड र स्वः रवीन्द्र अधिकारीले सांसद विकास कोर्षबाट विनियोजित गरेको ५० लाखबाट पुल निर्माण भैरहेको वडा नम्वर ८ का अध्यक्ष रुद्रनाथ बरालले बताउनुभयो ।

पुल निर्माणको जिम्मा के.एम. जे.बि.एन.एस. पोखराले ठेक्का पाएको हो । पृथ्वीचोकबाट लेकसाइड र विरौटाबाट विन्ध्यबासिनी जोड्ने सृजनाचोकको चारैतिर आकाशेपुल हुनेगरी पुल निर्माण भैरहेको छ । पुल स्टील जडित हो । गत वर्ष चैतमा सम्पन्न गर्ने गरी काम सुरु भएको भएपनि कोरोना भाइरस संक्रमणले देशमा लकडाउन हुदाँ समयमै निर्माण सम्पन्न हुन नसकेको बताइएको छ ।

 

गत वर्ष चैत मसान्त सम्ममा निर्माण गरिसक्ने लक्ष्यसहित आकाशेपुलको निर्माण कार्य शुरु गरिएको थियो तर कोरोनाका कारण निर्माण ढिला भयो पोखरा महानगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष रुद्रनाथ बरालले बताउनुभयो । गण्डकी प्रदेशमै पहिलो आकाशे पुलको काम अन्तिम चरणमा पुगेको छ । पुल असार दोस्रो हप्तामा उद्घाटन गर्ने वडा अध्यक्ष बरालले बताउनुभयो ।

निर्माणाधिन आकाशे पुल अन्यत्रको भन्दा नयाँ तरीकाले निर्माण गरिएको छ । पुलको वीच भागमा छानो राखेर पानीमा समेत आत लाग्न मिल्ने गरी ट्रष्ट हालिएको छ । पुलमा चढेपछि सेल्फि खिच्नका लागि नयाँ डिजाइन गरिएको बताइएको छ । यो आकाशे पुल सञ्चालनमा आएपछि त्यहाँ फोटो खिचाउनेको भिड लाग्ने र सेल्फि पुलका रुपमा आन्तरीक तथा बाह्य पर्यटकको केन्द्र बन्ने दावी गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...