पोखरा, जेठ २९ गते ।गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको समसिमा सकिएको छ । गण्डकी प्रदेश प्रमुख सीतकुमारी पौडेलले सरकार गठनका लागि दिएको २४ घण्टे समसिमा समाप्त भएपनि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखबाट कुनै जानकारी नआउदाँ विपक्षी गठबन्धन अलमलमा परेका छन् ।

विश्वासको मत प्राप्त नगर्न नसकेपछि पदमुक्त भएसंगै प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् । नयाँ सरकारका लागि ३१ सांसदको हस्ताक्षर सहित काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल नेपालीले मुख्यमन्त्री दावी पेश गरेका थिए । उनले ३१ जना सांसद सहित मुख्यमन्त्रीमा नियूक्तीका लागि निवेदन दिएका भएपनि प्रदेश प्रमुखले अहिलेसम्म सरकार गठनको प्रक्रिया अगाडी बढाएकी छैनन् । तर विपक्षी दलका सांसदहरु पोखराको संग्रिला होटलमा प्रदेश प्रमुखको सुचना पर्खेर बसेका छन् । शुक्रबारबाट सबै सांसद एकै ठाँउमा बसेका छन् ।