पोखरा, जेठ २९ गते । गण्डकी प्रदेशमा शनिबार ८ जना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमित ८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विवरणमा उल्लेख गरिएको छ ।

मृत्यु भएका मध्य कास्कीका २ जना, स्यांजाका १ जना, नवलपरासीका १ जना, तनहुँकका १ जना, लमजुंगका १ जना, गोखराका १ जना र म्याग्दीका १ जना संक्रमितको मृत्यु भएको छ । गण्डकीमा शनिबार ५४३ नयाँ संक्रमित थपिएका छन ।
