गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्त्ता घिमिरेद्धारा राजीनामा

पोखरा, जेठ ३० गते । गण्डकी प्रदेश सरकारका मुख्य न्यायाधिवक्त्ता राजेन्द्र घिमिरेले राजनीनामा दिएका छन् । उनले आज प्रदेश प्रमुख सीतादेवी पौडेल समक्ष राजीनामा बुझाएका हुन् ।

आजैको मितिदेखि लागु हुने गरी राजीनामा बुझाएका छन् ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उनलाई मुख्य न्यायधिवक्त्ता नियूक्त गरेका थिए । उनले तीन वर्ष तीन महिना न्यायधिवक्त्ताको रुपमा काम गरेका छन् । उनलाई नियूक्त गर्ने मुख्यमन्त्री पृृथ्वीसुब्बा गुरुङ हटे लगत्तै उनले राजनीनामा बुझाएका हुन् ।

गण्डकी प्रदेशमा नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । शनिबार मुख्यमन्त्रीमा पोखरेल नियूक्त भएका छन् । घिमिरेले न्यायाधिवक्त्ताको रुपमा सेवा गर्ने अवसर दिएको भन्दै मुख्यमन्त्री गुरुङ र प्रदेश सरकारप्रति आधार ब्यक्त गरेका छन् । उनले आफुलाई सहयोग गर्ने सबैप्रति धन्यबाद समत ज्ञापन गरेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...