असारको सुरुवातमै बाढि पहिरोसंगै सडक भास्सियो

पोखरा, असार १ गते ।असारको सुरुवातसंगै बर्षा सुरु भएको छ । वर्षाको सुरुवातसंगै बाढि पहिलोको जोखिम सुरु भएको छ । सोमबार दिउसोबाट परेको पानीका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । दुई दिनदेखि एकनाथले वर्षा भैरहेका कारण खोलानालामा पानी बहाव बढेको छ ।

भारी वर्षाका कारण आएको बाढीले कास्कीमा निर्माणाधीन सुपर मादी हाइड्रोपावरमा ठुलो क्षति पुगेको छ । सोमबार रातिदेखि लगातार परेको वर्षाका कारण आएको बाढीले हाइड्रोपावरमा रहेका मेसिनरी, यन्त्र उपकरण, क्रसर उद्योग सेट, रड आदि गरी करिब १५ करोड बराबरका सामग्री बगाएको हाइड्रोका सञ्चालक धनराज आचार्यले जानकारी दिनुभयो ।

निर्माण स्थलमा रहेका एक्स्काभेटर,लोडर, आरएमसी सेट, क्रसरको ४ युनिट, ठुलो जेनरेटर, काटेर राखिएका रडको थुप्रो लगायत बगाएको जानकारी प्राप्त भएको सञ्चालक आचार्यले बताउनुभयो ।

 

पानीको बहाव बढेसंगै बाढि पहिलो र सडक भास्सिन सुरु भएको छ । अविरल वर्षाका कारण कास्कीका विभिन्न ठाँउमा बाढिका कारण पहिरो गएका छन भने कतिपय ठाँउमा सडक भाँस्सिएका छन् । वर्षाकै कारण पोखरा ९ नयाँबजार शिद्दमार्गदेखी सेती नदी जाने बाटो छेउ पहिरो खसेर भत्किएको छ । पहिरोका कारण सो क्षेत्र वरिपरिका घरहरु जोखिममा परेका छन् ।

घरसँगै जोडिएको भाग पहिरोमा परेको हुँदा थप क्षति हुनसक्ने स्थानीयको त्रास छ । लगातार बर्षा भइरहेको र पहिरो खसेको स्थान वरपर धेरै घरहरू भएको हुँदा जोखिम देखिएको स्थानीय प्रदिप बस्नेतले बताए । थप क्षति जोगाउनेबारे छलफल भइरहेको शान्तिदर्शन टोलबिकास सँस्थाका अध्यक्ष उत्तम जोशीको भनाइ छ ।

हाल पहिरो खसेको स्थानमा पहिले पर्खाल रहेको र पहिरोले पर्खाल समेत भत्काएको जोशीले बताए । त्यस्तै पोखरा महानगरपालिका वडा नम्वर ६ मा समेत बाढिले घर भत्काएको छ । कुलोमाथि बाटो बनाइएकाले पानीको बहाव बढेपछि दायाँबायाँको घरमा बाढि पसेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...