पोखरेल नेतृत्वको सरकारले भ्रष्टाचारको सुरुवात गर्‍यो : पूर्वमुख्यमन्त्री गुरुङ

पोखरा, असार २६ गते । गण्डकी प्रदेश सभाको प्रमुख विपक्षी नेकपा एमालेले नेपाली काँग्रेस नेतृत्वको सरकारले भ्रष्टाचारको  सुरुवात गरेको आरोप लगाउनु भएको छ ।

नेकपा एमाले संसदीय दलले शनिबार प्रदेश सभा भवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लोकतन्त्रमा सरकार परिर्वतन स्वभाविक हो । तर अघिल्लो सरकारले ल्याएका राम्रा कार्यक्रमलाई परिर्वतन गरेर आफना कार्यकतालाई बाडने काम गरेको बताउनुभयो । उहाँले काँग्रेसले लोकतन्त्रका नाममा भष्टाचार गदै आएको आरोप समेत लगाउनुभयो । २०४८ सालदेखि ५८ सालसम्म काँग्रेस नेतृत्वमा भष्टाचारको युग थियो उहाँले भन्नुभयो, ‘अहिले फेरी काँग्रेसले त्यही युग ल्याउन खोजेको छ । गण्डकीमा सरकार गठनसंगै त्यसको सुरुवात भएको छ ।’

वर्तमान सरकारले जाँदाजाँदै ४ अर्बभन्दा बढीको टेण्डर गरेको आरोप लगाएपछि त्यसको खण्डनका लागि पत्रकार सम्मेलन आयोजना गरिएको हो । उहाँले विभिन्न ९ योजनाका लागि बार्षिक विकास बजेटमा रकम विनियोजन गरिएको बताउनुभयो । विगतको सरकारले ल्याएका राम्रा काम परिर्वतन गरे सरकार सञ्चालनमा कठिन हुने चेतावनी दिनुभयो । प्रदेश र यहाँका जनताको समृद्धिका लागि सहयोग गछौ तर गलत गर्न खोजिए सम्झौता गदैनौ भन्नुभयो ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको नयाँ सरकारले १६ करोडभन्दा बढी रकम रकमान्तर गरी बाँडेको भन्दै उहाँले भन्नुभयो, ‘गैरबजेटरी खर्च नै भ्रष्टाचारको सुरुवात हो । उहाँहरुले भ्रष्टाचारको सुरुवात त गरिसक्नुभयो ।’आफनो पार्टी काँग्रेसका जिल्ला सभापतिहरुको सिफारिसमा रकम बाँडिएको भन्दै उहाँले अघि भने, ‘यो १६ करोड भ्रष्टाचारको मुद्दा हुन्छ, यसमा सम्बन्धित निकायले ध्यान दिनेछ । नेता गुरुङले अघिल्लो सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिए मात्र आफ्नो दलले सरकारलाई सहयोग गर्नसक्ने बताउदै भन्नुभयो, ‘बजेटका आधारमा विरोध र आलोचना रहन्छ ।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...