पोखरा, असार २८ गते । उच्च अदालत पोखरामा यस वर्ष पाँच वर्ष यताकै सबैभन्दा धेरै मुद्दा दर्ता भएका छन् । अदालतमा २०७३÷७४ मा १३ सय ७९, २०७४÷७५ मा १२ सय १५, ०७५÷७६ मा १८ सय १४, ०७६÷७७ मा १६ सय ७० र ०७७÷०७८ मा १९ सय ७२ मुद्दा रहेको रजिष्ट्रार पौडेलले बताउनुभयो ।
यस्तै, ०७३÷७४ मा एक हजार ७२ मुद्दा अर्थात ७७.७३ प्रतिशत फछ्र्यौट भएर ३०७ वटा मुद्दा बाँकी रहेका थिए । ०७४÷७५ मा ९२६ मुद्दा अर्थात ७४.३७ प्रतिशत, ०७५÷७६ मा १२ सय ९९ अर्थात ७१.६ प्रतिशत मुद्दा फछ्र्यौट भएको तथ्यांक रहेको छ । त्यस्तै ०७६÷०७७ मा ७७४ अर्थात ४६.३७ प्रतिशत र ०७७÷०७८ मा एक हजार ३७ मुद्दा फछ्र्यौट भएको रजिष्ट्रार श्रीलाल पौडेलले जानकारी दिनभुयो ।
त्यस्तै उच्च अदालत पोखराले जिल्ला अदालतले गरेका ६७ आदेश बदर गरिदिएको छ । जसमा जिल्ला अदालतले मुद्धा पुर्पक्षका लागि थुनामा राख्ने गरि गरेको ३७ वटा आदेशलाई उच्च अदालतले बदर गरी धरौटी माग गरेको जनाएको छ । यसैगरी जिल्लाले पुर्पक्षका लागि थुनामा राख्न दिएको १० वटा आदेशलाई उच्च अदालतले बदर गरि साधारण तारेखमा राख्न आदेश दिएको छ भने जिल्लाले पुर्पक्षका लागि धरौटी मात्र माग गरेकोमा उच्चले बदर गरि थुनामा राख्न आदेश दिएको जनाएको छ ।यस्तै, जिल्ला अदालतको मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५५ बमोजिम २० मुद्धामा थुनामुक्त गरेको रजिष्ट्रार पौडेलले जानकारी दिनुभयो ।
यता, सदर भएका मुद्धा ८५२ अर्थात ८७.३ प्रतिशत, केही उल्टी भएका मुद्धा ९६ थान र उल्टी भएका मुद्धा २८ रहेको उहाँले बताउनुभयो । यस्तै अदालतले एक आवमा ८४ जनालाई थुनामा पठाएको जनाएको छ । आव २०७७०७८ मा १०७ थुनुवा मुद्धा दर्ता भएकोमा पुरुष ८१, महिला दुई र बालबालिका एक गरी ८४ जनालाई थुनावमा राख्न आदेश दिएको अदालतले जनाएको छ ।
अदालतले यस आवमा ८११ थान मिसिल सडाएको पनि जनाएको छ । उच्च अदालतले ९८ वटा मुद्धा मेलमिलापका लागि पठाइकोमा २५ वटामात्र सफल भएको रजिष्ट्रार पौडेलले बताए ।