प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर, साउन ३ गते अधिवेशन डाक्न आदेश

काठमाडौं, असार २८ गते । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गर्ने फैसला गरेको छ । सो सम्बन्धी फैसलाको पूर्णपाठ पछि प्राप्त हुने जनाइएको छ । प्रधानन्यायाधीश चाेलेन्द्र शम्शेर जबराले साेमबार संक्षिप्त आदेश सुनाउँदै निर्णय बदर भएकाे जनाउनुभएकाे हाे ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित, दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहनुभएको संवैधानिक इजलासले साे फैसला गरेकाे हाे । साथै २०७८ साल साउन ३ गतेका लागि संसदकाे अधिवेशन डाक्न आदेशमा भनिएकाे छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...