जबरजस्ती करणीको झुट्ठा जाहेरी दिनेलाई एक महिना कैद सजाय

पोखरा, असार २८ गते । जबरजस्ती करणी गरेको झुठो जाहेरी दिने एक जनालाई कैद सजाय सुनाइएको छ । परिवर्तित नामथर (पोखरा ११२) को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी कुल बहादुर सुनार समेत भएको जबरजस्ती करणी उद्योग मुद्दामा झुठो जाहेरी दिएको भन्दै कास्की जिल्ला अदालतले एक महिना कैद सजाय सुनाएको हो ।

अदालतको मिति २०७६।०७।०४ गतेको फैसला अनुसार जाहेरवाली परिवर्तित नामथर (पोखरा ११२) लाई १ महिना कैद ठहर भई फरार रहेको र फरार (पोखरा ११२) लाई फैसला कार्यान्वयनको क्रममा असार २७ गते पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ गरी सोमबार अदालतमा बुझाईएकोमा जिल्ला अदालतको पत्रानुसार सोमबारदेखि १ महिना कैदमा राख्नको लागी कास्की जिल्ला कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...