पोखरा, असार ३० गते । उच्च अदालत पोखराले जिल्ला अदालतले गरेका ६७ आदेश बदर गरिदिएको छ । एक वर्षमा जिल्ला अदालतको आदेश बदर गरेको हो । जिल्ला अदालतले मुद्धा पुर्पक्षका लागि थुनामा राख्ने गरि गरेको ३७ वटा आदेशलाई उच्च अदालतले बदर गरी धरौटी माग गरेको जनाएको छ ।
यसैगरी जिल्लाले पुर्पक्षका लागि थुनामा राख्न दिएको १० वटा आदेशलाई उच्च अदालतले बदर गरि साधारण तारेखमा राख्न आदेश दिएको छ भने जिल्लाले पुर्पक्षका लागि धरौटी मात्र माग गरेकोमा उच्चले बदर गरि थुनामा राख्न आदेश दिएको जनाएको छ ।यस्तै, जिल्ला अदालतको मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५५ बमोजिम २० मुद्धामा थुनामुक्त गरेको रजिष्ट्रार श्रीलाल पौडेलले जानकारी दिनुभयो ।
यता, सदर भएका मुद्धा ८५२ अर्थात ८७.३ प्रतिशत, केही उल्टी भएका मुद्धा ९६ थान र उल्टी भएका मुद्धा २८ रहेको उहाँले बताउनुभयो । यस्तै अदालतले एक आवमा ८४ जनालाई थुनामा पठाएको जनाएको छ । आव २०७७०७८ मा १०७ थुनुवा मुद्धा दर्ता भएकोमा पुरुष ८१, महिला दुई र बालबालिका एक गरी ८४ जनालाई थुनावमा राख्न आदेश दिएको अदालतले जनाएको छ ।
अदालतले यस आवमा ८११ थान मिसिल सडाएको पनि जनाएको छ । उच्च अदालतले ९८ वटा मुद्धा मेलमिलापका लागि पठाइकोमा २५ वटामात्र सफल भएको रजिष्ट्रार पौडेलले बताए ।