ठूलो मात्रामा लागुऔषध सहित गुरुङ पक्राउ

पोखरा, असार ३१ गते ।जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका ९ बस्ने अर्जुनकुमार गुरुङलाई हिजो बेलुका साँझ ७ बजे बगरबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जनाकारी दिनुभयो ।

डिएसपी हमालका अनुसार लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारका पोखराबाट लागुऔषध ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले फेला पारी तलासी लिँदा पक्राउ गरेको हो ।

सुटकेसभित्र लुुकाइछिपाई राखेको अवस्थामा लागुऔषध डाइजापान – ६७० एम्पुल, फेनेरागन – ६७० एम्पुल, नुर्फिन – ६७४ एम्पुल गरी २ हजार १६, मोबाइल थान १ र जम्मा नगद पाँच लाख २९ हजार दुई सयसहित ४९ वर्षका गुरुङलाई पक्राउ गरिएको हो । पक्राउ गरेका ब्यक्तिलाई लागुऔषध सम्बन्धी कसुर अन्तरर्गत थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...