पोखरा, साउन १९ गते ।कास्कीमा कोरोना भाइरस संक्रमण दर घटेको छैन् । निषेधाज्ञा खुकुलो बनाएसंगै संक्रमितको संख्या बढेको छ । कास्की जिल्ला प्रशासनले अहिलेकै अवस्थाको खुकुलो निषेधाज्ञालाई निरन्तरता दिएको छ ।
लकडाउनको समयसीमा फेरि थपिएको छ । यसअघि साउन २० गतेसम्म गरिएको लकडाउनको समयसीमा एक साता थप गदै साउन २७ गतेसम्म पुर्याइएको जिल्ला प्रशासन कार्यालय कास्कीले सुचना जारी गदै जनाएको छ । सबै ब्यवसाय र यातायात सञ्चालनमा आएका छन् ।सबै ब्यवसाय साँझ ८ बजेपछि बन्द गर्नुपर्ने निर्णयलाई निरन्तरता दिइएको छ । संक्रमणदर र मृत्युदर बढ्दै जान थालेपछि लकडाउनको समयसीमा बढाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताएका छन् ।
कास्कीमा मंगलबारसम्म २१६९ सक्रिय संक्रमित पुगेका छन् । कास्कीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४६९ पुगेको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले हाललाई पुरानै निषेधाज्ञालाई जारी राख्ने र केन्द्रको निर्णयलाई पर्खने बारे छलफल भएपछि थप निर्णय नभएको हो । कोरोना संक्रमितको संख्या बढेको भएपनि तत्काल कडा निषेधाज्ञा जारी नगर्ने निर्णय भएको बैठकमा सहभागीले बताए । अव चाडपर्वहरु सुरु हुन लागेकाले त्यतिबेला कडा निषेधाज्ञा जारी गर्ने बारे छलफल भएको थियो । तीज, जनैपूर्णिमामा कडा निषेधाज्ञा हुनसक्ने बताइएको छ ।