पोखरा, साउन २५ गते ।गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमण दर बढेको छ । पछिल्लो २४ घण्टामा ५७७ नयाँ संक्रमित थपिएका छन् ।निषेधाज्ञा खुकुलो भएसंगै गण्डकी प्रदेशमा संक्रमण बढेको हो । गण्डकीका ११ जिल्ला मध्य कास्कीमा सबैभन्दा धेरै १९६ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै नवलपरासीमा ९८, स्यांजामा ८६, बाग्लुंगमा ६०, तनहुँमा १३, लमजुंमा ६२, गोरखामा ४९, पर्वतमा ५, म्याग्दीमा ७ र मुस्तांगमा १ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गण्डकीमा पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका, स्यांजा, नवलपरासी, तनहँु र म्याग्दीका एकएक जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।गण्डकीमा शुक्रबार २३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।