पोखरा, साउन २८ गते ।कास्की प्रहरीले तीन लाख एकाउन्न हजार पाँच सय सहित १३ जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं.१० उत्तमचोक स्थित सरु गुरुङको घरमा जुवा तास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले जुवा खेलिरहेका १३ जना पक्राउ गरेको हो ।
उनीहरुबाट तिन लाख एकाउन्न हजार पाँच सय चालिस र चार बुक तास सहित नियन्त्रणमा लिई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका ब्यक्तिहरुको विवरण :-
- जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१० उत्तमचोक बस्ने वर्ष ३५ की सरु गुरुङ ।
- जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१५ ट्याक्सी चोक बस्ने वर्ष ४८ को मन बहादुर क्षेत्री ।
- जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१५ नयाँ गाउँ बस्ने वर्ष ४१ को भुपेन गुरुङ ।
- जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१७ हनुमानटोल बस्ने वर्ष ४७ को थमन सिंह गुरुङ ।
- जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १७ घारिपाटन बस्ने वर्ष ४४ को हर्क बहादुर थापा मगर ।
- जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १० उत्तम चोक बस्ने वर्ष ४८ को सुरेन्द्र बहादुर गुरुङ ।
- जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १४ हवेली मार्ग बस्ने बर्ष ३५ को सन्जेव गुरुङ ।
- जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ८ सिमलचौर बस्ने बर्ष ६० की कृष्णा गुरुङ ।
- जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १५ रामबजार बस्ने बर्ष ३६ की राममाया गुरुङ ।
- जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १० अन्नपुर्ण टोल बस्ने बर्ष ४० की श्री कुमारी गुरुङ ।
- जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१५ नयाँ गाउँ बस्ने बर्ष ३६ की हिरा थापा ।
- जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १३ भद्रकाली बस्ने बर्ष ४२ की माया तामाङ ।
- जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१५ नयाँगाउँ बस्ने बर्ष ४० की कमला मगर ।